पूर्वराजा लक्षित माधव नेपालको टिप्पणीः इतिहासको रथ पछाडि फर्किन सक्दैन


२६ फाल्गुन २०८१, सोमबार १९:०३ मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरु अस्वीकार्य रहेको बताउनुभएको छ ।


सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गर्नुभयो ।

आईतवार पोखराको एक हप्ताको बसाईपछि काठमाडौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरुको उल्लेख्य उपस्थिति थियो । पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरुले पदाधिकार र सचिवालय बैठक समेत बसेका छन् ।

साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् । सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरुबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताउनु भयो । 

अध्यक्ष नेपालले जनताको हित र कल्याणको शासन आवश्यक भएको बताउनु भयो । उहाँले नेताहरुले गल्ती गरेको भए सँच्चिन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here