पाँचथरमा बहिरा संघको जिल्ला समिति गठन


२६ फाल्गुन २०८१, सोमबार १३:२४ मा प्रकाशित

फिदिम, फागुन २६ गते । पाँचथरमा बहिरा संघको जिल्ला समिति गठन भएको छ । सदरमुकाम फिदिममा सोमबार सम्पन्न जिल्ला भेलाले टिकाराम आचार्य अध्यक्ष रहेको ७ सदस्सिय तदर्थ समिति गठन गरेको हो । 

समितिको उपाध्यक्ष मनिषा राई, सचिव ममता आङदेम्बे, सहसचिव दिना राई, कोषाध्यक्ष विशाल तामाङ, सदस्य मनुभक्त राई,अशोक नेम्बाङ चयन हुनुभएको छ ।

संघले ६ महिनाभित्र विधान बनाउनेसहितका काम सकेर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्तासँगै बहिरा महासंघमा आबद्वतापछि जिल्ला अधिवेशन गर्ने कार्यभार तदर्थ समितिलाई दिएको छ ।

यसैबिच महासंघले आयोजना गरेको ४ महिने नेपाली साङकेतिक भाषाको आधारभूत तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले तालिमले बहिराहरुमा संचारमा पहुँच पु¥याउन मदत पुगेको बताउनुभयो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश कार्य समिति अध्यक्ष सुनिता तिम्सिना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कौशल बुडाथोकी, गैसस महासंघ पाँचथर अध्यक्ष क्षोमाया तामाङ,अपांग संघ पाँचथरका अध्यक्ष समिक्षा मुखिया, दोभासे द्वय सन्तोषी घिमिरे र लक्ष्मी विक लगायतले मनतव्य व्यक्त राख्नुभएको थियो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल केन्द्रीय समितिको आयोजना, बहिरा संघ कोशी प्रदेश,करुणा फाउण्डेशन नेपाल,राष्ट्रिय अपांग महासंघ नेपाल कोशी प्रदेश समितिको समन्वय र पाँचथरका ७ वटा स्थानिय तहको आर्थिक सहयोगमा सञ्चालित तालिममा १६ जना सहभागी थिए ।  

तालिमको सहजिकरण प्रशिक्षक टिकाराम आचार्यले गर्नु भएको समन्वयकर्ता संस्था करुणा फाउण्डेसनका जिल्ला संयोजक केदार भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here