बिर्तामाेड । कोशि प्रदेस सभा सदस्य माननीय चिन्तन पाठकले नेपाल सरकारले लामो समय देखी विद्यालयमा शीक्षक र विद्यार्थिको अनुपातमा शिक्षकहरको दरबन्दि दिन नसकेको बताउनु भयो ।
उहाँले कोशि प्रदेसमा मात्रै १५ सय संस्थागत विद्यालय र ५१ सयको सामुदायिक विद्यालयहरू भएता पनि धेरै सामुदायिक विद्यालयहरू बन्दहुने अवस्थामा पुगेकाे बताउनु भयो
सभासदस्य पाठकले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागी शिक्षक विद्यार्थि अभिभावक व्यावस्थापन समितीको उतिनै भुमीका हुनुपर्नेमा जोड दिनु भयो । सभासद पाठकले झापाको बुद्धशान्ति गाउँपालिकामा वडा न २ स्थित श्री आदर्श माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

विद्यालयको ६५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयले संस्थापक सदस्य मेघनाथ ढकाल, चुडामणी खनाल साथै जग्गा दाता जोगमाया बोहोरालाई अभिन्दन पत्र सँगै दोसल्ला ओढाएर अभिनन्दन तथा संस्थापक विद्यार्थी २०१७ लाई सम्मान समेत गरिएको थियो ।
विद्यालयले छुट्टाछुट्टै विभिन्न अक्षयकोषका दाता परिवारबाट विद्यालयले प्रतेक वर्ष गर्दै आएको उत्कृष्ठ शीक्षक तथा पुर्व समितिका सदस्यलाई सम्मान साथै गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृद्धि प्रदान गरिएको थियो ।

कार्यक्रमलाई थप रोचक बनाउन विद्यार्थिहरूले विभिन्न सांस्कृति प्रस्तुती परम्परागत लोक नृत्य, साकेला,चण्डी नृत्य गिता बाचन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशि प्रदेस सभासद माननीय चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कुमार पोख्रेलले अैचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पोख्रेल विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा साखा प्रमुख कमल निरौला, संस्थापक प्र.अं चुडामणी खनाल, जग्गा दाता जोगमाया बोहोरा ज्योति श्रेष्ठ, लगायत अन्य जग्गादाता विभिन्न अक्षयकोष दाता संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हेमबहादुर लम्सालले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नु भएको कार्यक्रममा विद्यालयका शिक्षक सिपी पौड्याल साथै लिलाधर खतिवडा र योगेन्द्र मणि दाहालले सम्युक्त रूपमा संचालन गर्नु भएको थियो ।