सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेनः सांसद नेम्वाङ


६ फाल्गुन २०८१, मंगलवार १५:५३ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताउनुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो  । उहाँले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको बताउनु भयो । उहाँले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गर्नुभयो । 

उहाँले विकास निर्माणका काममा गम्भिरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here