‘नो केबलकार समूह’ र सरकारबीच वार्ता आज पनि


२२ माघ २०८१, मंगलवार ०९:३१ मा प्रकाशित

ताप्लेजुङ । सरकारी वार्ता टोली र ‘नो केबलकार समूह’बीचको वार्ता आज पनि जारी रहने भएको छ । हिजोको वार्ता आज बिहान ११ बजेदेखि गर्नेगरी स्थगित भएको थियो । हिजोको वार्ता काठमाडौंको ललितपुरमा रहेको होटल हिमालयमा भएको थियो ।

संघीय सरकारका प्रतिनिधि र आन्दोलनरत समूहले हिजो पहिलोपटक छलफल गरेका हुन् । पहिलो चरणमा आन्दोलनका क्रममा पक्राउ परेका तीन जनाको रिहाइ, निर्माण कार्य स्थगित र आन्दोलनका कार्यक्रम फिर्ताको विषयमा छलफल भएको थियो ।

सरकारी वार्ता टोली प्रहरी नियन्त्रणमा रहेका तीनजना बन्दी रिहा गर्न तयार भए पनि निर्माण कार्य स्थगन गर्न तयार नभएपछि हिजो सहमति नभएको हो ।

सरकार लचिलो बन्छ र जनजीवन सहज बनाउन सहयोग पुर्‍याउँछ भन्नेमा आफूहरु आशावादी रहेको प्रतिकृया आन्दोलनरत समूहले दिएका छन् । जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिले पनि वार्ताको माध्यमबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

जिल्लामा केन्द्रित आन्दोलन राजधानीसम्म पुग्दा संघीय सरकारसँगको वार्ता प्रक्रिया पनि राजधानी प्रवेश गरेकाले त्यहिँबाट निकास निकाल्न उनीहरुले आग्रह गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here