देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला गर्नुपर्ने स्थिति छः नेता सिटौला


२१ माघ २०८१, सोमबार १६:४३ मा प्रकाशित


काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल शुरु भएको छ ।


सोमवारबाट राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफल शुरु भएको हो । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले गर्ने फैसलाहरु उच्च र जिल्ला अदालतले मानेर जानुपर्ने भएकाले राम्रो नजिर बस्नेगरी फैसला गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ के नपुगेर ल्याइएको हो भन्ने प्रश्नको जवाफ माग गर्नुभयो । उहाँले नेपालको कानूनी प्रणालीमा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति नरहेको र कागजमा देखेको भरमा निर्णय गर्ने पद्धति रहेको बताउनु भयो । 

न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन विधेयकले काम गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here