बिर्तामोड नगरपालिकाका सिनियर अहेब सापकोटा प्रहरी नियन्त्रणमा


१७ माघ २०८१, बिहीबार १९:५८ मा प्रकाशित

बिर्तामोड । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ । बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले सापकोटा र ति महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here