टर्कीको स्की रिसोर्टमा आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, ११ पक्राउ


१२ माघ २०८१, शनिबार ११:४५ मा प्रकाशित


उत्तरपश्चिमी बोलु प्रान्तको टर्कीको कार्तल्काया स्की रिसोर्टमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ । साथै घटनासँग सम्बन्धित ११ जनालाई हिरासतमा राखिएको टर्कीका न्यायमन्त्री यिलमाज टुङ्कले बताउनु भयो ।

पक्राउ पर्नेहरूमा बोलु नगरपालिकाका अग्नि नियन्त्रण विभागका लागि जिम्मेवार उपमेयर, अग्नि नियन्त्रण प्रमुख र होटलका मालिक र प्रवन्धक रहेका छन् । गत मंगलवार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो ।

प्रारम्भिक अनुसन्धानले माथिल्लो तलालाई निल्नु अघि चौथो तल्लामा रहेको रेस्टुरेन्ट क्षेत्रमा आगलागी भएको देखाएको छ । घाइतेहरूमध्ये १७ जनालाई डिस्चार्ज गरिएको छ । व्यस्त छुट्टीको मौसममा होटलले २३८ जना पाहुनाहरूलाई राखेको थियो ।

कार्तलकाया इस्तानबुलबाट लगभग ३०० किलोमिटर पूर्वमा रहेको कोरोग्लु पहाडहरूमा रहेको लोकप्रिय स्की रिसोर्ट हो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here