काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जाल एक्समार्फत् ट्रम्पलाई बधाई दिएका हुन् ।
नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको स्मरण गर्दै यो साझेदारीलाई अझ बलियो बनाउन आफू सँगै काम गर्न उत्सुक रहेको ओलीले बताएका छन् ।
‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि। नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।
ट्रमपले गएराति अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् ।