प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्याः पूर्वबैंकर्स भट्टराई


७ माघ २०८१, सोमबार १६:४८ मा प्रकाशित

काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताउनुभएको छ ।


सोमवार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको नाफिज संवादमा बोल्दै पूर्वबैंकर्स भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई छुट्टै रुपमा हेर्ने नीति आवश्यक रहेको बताउनु भयो ।

उहाँले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्या आएको बताउनु भयो । उहाँले बैंकहरुमा निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन बैंकहरुले थप्दै जानु पर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले बैंकहरुको अहिलेसम्मको अवस्था हेर्दा ८ प्रतिशतसम्म खराब कर्जा पुग्ने देखिएको बताउनु भयो । उहाँले  बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्शानी व्यवस्थामा चालु आ.व.को दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रूपैयाँ व्यवस्था गरेको बताउनु भयो ।

उहाँले बैंकहरुले कर्जा नोक्शानी व्यवस्थाको लागि रकम छुट्याउँदा नाफामा कमी आएको बताउनु भयो । उहाँले बैंकले कुनैपनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था आए बैंकहरुले सतप्रतिशत नाफा/नोक्शान खाता खर्चमा लेख्नुपर्ने व्यवस्था रहेको बताउनु भयो । उहाँले बैंकहरुले तत्कालको अवस्थामा शेयर लगानीकर्तालाई लाभांश दिन नसक्ने बताउनु भयो ।

उहाँले कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिनु नियामक निकायको पनि कमजोरी देखिएको बताउनु भयो । उहाँले बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिनमा नभई हरेक वर्ष हुँदै आएको बताउनु भयो । उहाँले बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पती धितोमा रहेको बताउनु भयो ।

घर जग्गा धितोमा ६६ प्रतिशत रहेकाले केही सुरक्षित देखिएको उहाँको भनाइ छ । उहाँले अहिले बैंकहरु दुईवटा खराब कर्जा बढ्दै जाने र पुँजी कोषमा दबाब बढ्ने समस्या देखिएको बताउनु भयो । उहाँले बैंकहरुमा तरलता थ्रुपिएर बसेको तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था रहेकाले मुलुक क्रेडिट क्रन्चमा रहेको बताउनु भयो । 


सोमवार सार्वजनिक भएको तथ्याङ्कले बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको देखएको छ । गत वर्षको दोस्रो त्रैमासमा तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेको छ । गत आ.व.को दोस्रो त्रैमाससम्म ९६ अर्ब ५६ करोड ५९ लाख रहेको खुद ब्याज आम्दानी चालु आ.व.को दोस्रो त्रैमासमा ९२ अर्ब ९७ करोड ९६ लाखमा झरेको हो । आम्दानी नै घट्दा बैंकहरुको नाफा समेत घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here