राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई


२३ पुष २०८१, मंगलवार १०:५३ मा प्रकाशित


दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएको छ ।

उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेको थियो । सीआईओ र एनओआईले रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालयसँग मिलेर युनको मार्शल कानूनको अनुसन्धान गरेको थियो ।

युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित रहन्छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here