भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरियो


२२ पुष २०८१, सोमबार ११:४९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here