मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह


१६ पुष २०८१, मंगलवार १८:१३ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताउनुभएको हो । उहाँले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गर्नुभयो । उहाँले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताउनु भयो ।

उहाँले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताउनु भयो । मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । 


उहाँले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको  क्षेत्रमा उपलब्धी नभएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here