पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमवार बिहान भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । राष्ट्रिय राजमार्गमा नौशहर फिरोज जिल्लामा ट्रेलर र यात्रु भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु प्रदेशको नवाबशाह जिल्लामा विवाह समारोहबाट फर्कदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ । पाकिस्तानमा सडक दुर्घटनाहरू डरलाग्दो मुद्दा हुन् । सवारीसाधनको लापरवाही, खराब सडकको अवस्था र सवारी साधनको उचित मर्मतसम्भार नहुँदा दुर्घटना बढ्नुका प्रमुख कारण हुन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।