सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन


१३ पुष २०८१, शनिबार ११:१० मा प्रकाशित

काठमाडौं । पूर्व न्यायाधीश वस्तीलाई हृदयघात भएपछि गएराति थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा राति नै निधन भएको नर्भिक अस्पतालले जनाएको छ।

वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। उनले २०७० चैत्र २९ गते सर्वोच्च अदालतबाट अवकास पाएका थिए।

सर्वोच्चबाट अवकास पाएपछि राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेका थिए। उनले ६ वर्ष आयोगको सदस्य भएका काम गरेका थिए।

त्यसअघि उनले लामो समय सरकारी वकिल भएर काम गरेका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका थिए।

पछिल्लो समय पनि उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन र अनुसन्धानमा तल्लिन थिए। उनले पुस्तक न्याय र कानून क्षेत्रसँग सम्बन्धित पुस्तक पनि लेखेका छन्। पछिल्लो पटक उनको सम्पादनमा ‘कानूनी नेपाली भाषा र साहित्य’ पुस्तक प्रकाशित छ।

पूर्व न्यायाधीश वस्तीका छोरा अमेरिकामा रहेकाले फर्केपछि दाहसंस्कार गरिने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले बताए। कुइकेलका अनुसार, अहिले वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै राखिएको छ।

उनका छोरा अमेरिकाबाट आइतबारसम्म पुग्ने र त्यसपछि दाहासंस्कार गरिने कुइकेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here