मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पु¥याउँछः उपप्रधानमन्त्री सिंह


१२ पुष २०८१, शुक्रबार १५:५२ मा प्रकाशित



काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पु¥याउने बताउनुभएको छ ।


शुक्रवार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताउनु भयो । मेला महोत्सवहरुले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

उहाँले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने उहाँको भनाइ छ । 


नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजना गर्नुपर्नेमा उहाँको जोड छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here