अस्ट्रेलियामा सडक मृत्यु ७ वर्षकै उच्च


५ पुष २०८१, शुक्रबार ११:१२ मा प्रकाशित


अस्ट्रेलियामा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात वर्षकै उच्च स्तरमा पुगेको छ ।  २०२४ को नोभेम्बरमा सात वर्ष यताकै उच्चतम स्तरमा पुगेको हो । अस्ट्रेलियाको ब्युरो अफ इन्फ्रास्ट्रक्चर एण्ड ट्रान्सपोर्ट रिसर्च इकोनोमिक्सले प्रकाशित गरेको प्रतिवेदनअनुसार नोभेम्बरमा देशभर १२९ सडक मृत्यु भएको छ ।

यो डिसेम्बर २०१७ पछि अस्ट्रेलियाली सडकहरूमा सबैभन्दा घातक महिना थियो । १२९ जनाको मृत्यु भएको थियो । बीआईटीआरईको प्रतिवेदनले गत महिनाको तथ्याङ्क अघिल्लो पाँच वर्षको नोभेम्बरको औसतभन्दा ३०.३ प्रतिशतले बढी रहेको जनाएको छ ।

नोभेम्बरमा समाप्त भएको १२ महिनाको अवधिमा अस्ट्रेलियाका सडकहरूमा १ हजार ३१८ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो १२ महिनाको तुलनामा ६.१ प्रतिशतले बढेको हो । अस्ट्रेलियाको राष्ट्रिय सडक सुरक्षा रणनीतिले २०१८–२०२० आधारभुत रेखाको तुलनामा सडक मृत्युमा ५३० प्रतिशत र गम्भीर चोटपटकमा ३० प्रतिशत कमी ल्याउने लक्ष्य राखेको छ ।

नोभेम्बर २०२४ मा समाप्त भएको १२ महिनामा अस्ट्रेलियाको सडकमा मृत्यु भएका १ हजार ३१८ व्यक्तिहरूमध्ये ६ सय चालक, २८४ मोटरसाइकल चालक, २१२ सवारी साधनका  यात्रु र १६७ पैदलयात्री थिए । ४० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूले सबै मृत्युको ३१ प्रतिशत हिस्सा ओगटेका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here