अफगानिस्तानमा सडक दुर्घटनाः ४४ जनाको मृत्यु, ७६ घाइते


५ पुष २०८१, शुक्रबार ११:०७ मा प्रकाशित


पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको पुष्टि भएको छ । अन्य ७६ जना घाइते भएका छन् । राजधानी काबुललाई दक्षिणी कान्दाहार प्रान्तसँग जोड्ने राजमार्गमा गजनी शहरको बाहिरी भागमा र प्रान्तको अन्दार जिल्लामा दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक मुल्लाह हमिदुल्लाह नेसारले बताउनु भयो ।

नेसारकाअनुसार घाइते सबैलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको भएपनि अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भीडभाड भएका सडकमा लापरवाही सवारी चलाउँदा र जिर्ण राजमार्गमा ट्राफिक संकेतको अभावका कारण हुने सडक दुर्घटना युद्धग्रस्त मुलुकमा मृत्युको प्रमुख कारण बनेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here