काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको छ ।
शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको हो ।
उहाँले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताउनु भयो । उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गर्नुभयो ।
उहाँले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताउनु भयो । उहाँले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा ग¥यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताउनु भयो । उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिनुभयो ।
उहाँले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताउनु भयो । उहाँले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताउनु भयो ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताउनु भयो । उहाँले देशको विकासमा पूर्वाधारको विकास महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने माग राख्नुभयो । उहाँले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने बताउनु भयो ।
उहाँले जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुगेको बताउनु भयो । उहाँले उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोडेर जानुपर्ने बताउनु भयो । उहाँले भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था रहेको बताउनु भयो ।