काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ ।
.
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी गरेको बताउनु भयो । उहाँले ऋण लिने÷दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाउनु भयो ।
नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि स्पष्ट पार्नुभयो । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको बताउनु भयो । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको बताउनु भयो । नेपालले चीनको ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताउनु भयो ।