भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट


९ मंसिर २०८१, आईतवार १२:११ मा प्रकाशित


भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार नोभेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ अर्ब अमेरिकी डलरले घटेर ६५७.८९२ बिलियन अमेरिकी डलरमा पुगेको छ ।

सन् १९९८ मा आरबीआईले साप्ताहिक डाटा जारी गर्न थालेदेखि यो देशको विदेशी मुद्रा सञ्चितिमा भएको सबैभन्दा तिब्र गिरावट हो । विदेशी मुद्रा सञ्चितिमा भारी गिरावटको श्रेय भारतीय मुद्रा रुपैयाँलाई उकास्न आरबीआईले बजारमा अमेरिकी डलर छोडेको हो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here