काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को मंसिर र ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो । एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताउनु भयो ।
एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैल्याउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सो सभा आयोजना गर्न लागिएको जनाएको छ । सभालाई प्रधानमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ ।