जनकपुरधामसहित तराईमा दीपावलीको रौनक


१५ कार्तिक २०८१, बिहीबार १०:३३ मा प्रकाशित


काठमाडौं ।
जनकपुरधामसहित तराईमा दीपावलीको रौनक शुरु भएको छ ।


जनकपुरधामसहित तराईका विभिन्न स्थानमा दीपावलीको रौनक शुरु भएको हो । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दीपावलीका लागि सजाउन शुरु भएको छ । माटोका पाला बेच्ने, फूलमाला, भाईमसलाहरु बेच्नेहरुको भीड देख्न सकिन्छ । साथै फूलमाला किन्नेहरुको चहलपहल पनि बढेको छ ।

साथै मिठाइ पसल, फलफूल पसलहरुमा पनि उपभोक्ताको भीड देख्न सकिन्छ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले पनि बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मी पूजा गर्नेहरु मिठाइ, फूलमाला किन्न बजारमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here