काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गर्नुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताउनुभएको हो । उहाँले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताउनु भयो ।
उहाँले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले सकेसम्म तिहारमा विद्युत पु¥याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको बताउनु भयो ।
उहाँले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले अहिले पनि २१ सय मेगावट विद्युत उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताउनु भयो । उहाँले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।