नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको होः रक्षामन्त्री राई


६ कार्तिक २०८१, मंगलवार १७:१७ मा प्रकाशित


काठमाडौं ।
क्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र र राष्ट्रियता, विकासको हिसावले सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।


मंगलवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधान, नियम कानूनका आधारमा मन्त्रालयले काम गरिरहेको र यसलाई अझ सशक्त र थप प्रभावकारी बनाउने गरी अघि बढ्ने बताउनु भयो ।

उहाँले नेपाललाई संसारमा हेर्न लायक बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियता, विकास निर्माण, शान्ति सुरक्षाका हिसावले सबल र सक्षम बनाउने दायित्व आफूहरुको भएको बताउनु भयो । उहाँले सबैलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको हितका लागि काम गर्नुपर्ने बताउनु भयो । 


मन्त्री राईले सबैको एकताले नै मुलुकको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता मजबुत बन्ने बताउनु भयो । मन्त्रालयले सय दिनमा राज्य सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत परियोजना र रक्षा मन्त्रालय र नेपाली सेनाले जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा गरिएको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदाउपर विभिन्न मन्त्रालयबाट प्राप्त राय/सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावालोकन र परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । नेपाली सेना भर्ना छनौट काईविधिको मस्यौदा तयार गरिएको बताएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here