कलेजको पढाइले मात्र सफल हुन सकिदैन : अर्बपति उद्यमी मस्क


५ कार्तिक २०८१, सोमबार १२:५४ मा प्रकाशित

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले कलेजको पढाइले मात्र सफल हुन नसकिने तर्क दिएका छन् । अमेरिकामा हुन गइरहेको निर्वाचनमा डोनल्ड ट्रम्पलाई समर्थन गर्दै मस्कले परम्परागत शिक्षाको कुनै तुक नभएको धारणा राखेका हुन् ।

२४२ अर्ब डलर बढी सम्पत्तिका मालिक मस्कले विद्यार्थीले कलेजको समयमा धेरै ऋण लिनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । यस्तो बेला उनीहरू कुनै व्यवहारिक सीपमा केन्द्रित हुन नसक्ने उनको आशय छ । 

भौतिकशास्त्र र अर्थशास्त्रमा डिग्री हासिल गरेका मस्कले कलेजको डिग्रीमा सफलता निर्भर नहुने विचार राखे । बरु इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर जस्ता व्यवहारिक सीपमा केन्द्रित हुन उनले सुझाव दिएका छन् ।

“मलाई लाग्छ कलेज शिक्षालाई अलि बढी नै महत्व दिइएको छ । धेरैजसो मानिसहरू चार वर्ष खर्च गर्छन् । धेरै ऋण जम्मा गर्छन् । तर, अन्त्यमा काम लाग्ने सीपहरू हासिल गर्दैनन्, जसलाई उनीहरूले पछि प्रयोग गर्न सकून्,” उनी भन्छन्, “म ती मानिसलाई धेरै आदर गर्छु जो हातले काम गर्छन् । र, हामीलाई इलेक्ट्रिसियन, प्लम्बर र कार्पेन्टरहरू चाहिन्छन् । यी विषय राजनीतिशास्त्रका डिग्रीहरूभन्दा धेरै महत्त्वपूर्ण छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here