हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड


५ कार्तिक २०८१, सोमबार १०:५० मा प्रकाशित

मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ । वल्र्ड वाइड फण्ड फर नेचर मंगोलियाले आयोजना गरेको कार्यक्रम मङ्गोलियाको राजधानी उलान बातोरमा हिउँ चितुवा संरक्षणमा जेड दिएको हो ।

कार्यक्रममा हिउँ चितुवाका आश्चर्यजनक तस्बिरहरू प्रदर्शन गर्ने फोटोग्राफी प्रदर्शनी भएको थियो । मंगोलियाले बासस्थानको संरक्षण गर्न प्रभावकारी संरक्षण उपायहरूको तत्काल आवश्यकताबारे सचेतना जगाउने उद्देश्य राखेको छ ।

मंगोलिया चीन पछिको दोस्रो ठूलो हिउँ चितुवाको घर हो । जहाँ १ हजार वयस्क हिउँ चितुवा रहेका छन् । लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रको अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलामा अवस्थित छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here