अवैध रूपमा भारतबाट ल्याइएको दुई सय किलो मुङ्ग्री माछा नियन्त्रण


५ कार्तिक २०८१, सोमबार ०९:५३ मा प्रकाशित

उर्लाबारी । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारु चौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकल सहित माछा नियन्त्रणमा लिएको हो ।नगर प्रहरी इन्चार्ज भुजेलका अनुसार मोटरसाइकलमा माछा बोकेर ल्याउने दुवै जना मोटरसाइकल छोडेर भागेका छन् । 

नेपालमा मुङ्ग्री माछा खान प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित माछा अवैध रूपमा बोकेर ल्याएका विआर ३८ ए ९९३४ नम्बरको भारतीय मोटरसाइकल र मे २ प ४९४२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वटा मोटरसाइकलमा ५० केजीका चार वटा भाडाका ल्याइएका माछा प्रहरी र नगर प्रहरीले कानेपोखरी गाउँपालिका पछाडि पुरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here