अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् । दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिवन्धहरू पछि आर्थिक पतन लगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पु¥याएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चार मध्ये एक जना भोकमरीको सामना गरिरहेका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण आवश्यकतामा जोड दिए ।
विश्व बैंकको दस्तावेज अनुसार अफगानिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।