शान्त र संयमतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँः महामन्त्री शर्मा


१ कार्तिक २०८१, बिहीबार ०९:५७ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गर्नुभएको छ ।


दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गर्नुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दशैँपर्व शुरु हुनुपूर्वको विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गर्नुभयो । उहाँले विपद्मा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

उहाँले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने बताउनु भयो । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताउनु भयो । 

महामन्त्री शर्माले आउँदै गरेको तिहार, छठ, नेपाल संवत, उँधौली पर्वको शुभकामना समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here