अस्ट्रेलियाले घातक एभियन इन्फ्लुएन्जाको लागि तयारी कोष बढायो


१ कार्तिक २०८१, बिहीबार ०९:५१ मा प्रकाशित

अस्ट्रेलिया सरकारले बर्ड फ्लुको घातक स्ट्रेनको सम्भावित आगमनको लागि तयारी बढाउन नयाँ कोषको प्रतिवद्धता जनाएको छ ।

सरकारले अस्ट्रेलियालाई एभियन इन्फ्लुएन्जाको स्ट्रेनबाट जोगाउन जैविक सुरक्षा, वातावरणीय र सार्वजनिक स्वास्थ्य उपायहरूका लागि थप ९५ मिलियन अस्ट्रेलियाली डलर (६३.९ मिलियन अमेरिकी डलर) को घोषणा गरेको छ ।

अस्ट्रेलिया एक मात्र महादेश हो । जहाँ स्ट्रेन पत्ता लागेको छैन । विश्वव्यापी प्रकोपले २०२१ देखि जंगली चराहरू र केही स्तनपायी प्रजातिहरूको मृत्यु भएको छ ।

विज्ञहरूले चेतावनी दिएका छन् कि अस्ट्रेलियामा दक्षिणी वसन्त र गर्मीको लागि प्रवासी चराहरू देशमा आइपुग्दा महामारी फैलिनसक्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here