बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ


२५ भाद्र २०८१, मंगलवार १४:३२ मा प्रकाशित

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ । मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो । बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित विदाई गरेका थिए ।  

बुद्ध एयरकाअनुसार उक्त विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान शुरु गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाई गरिएको छ । बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ ।

यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताउनु भयो ।

उहाँले सन्१९९५मा बनेको विमान नेपालमा ल्याउनु भन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाईएको बताउनु भयो । उहाँले नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकाइको बताउनु भयो । उहाँले विमान दुई किसिमले विधाई हुने बताउनु भयो । उहाँले पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रुपमा संञ्चालन गर्न नसक्दा विधाई हुने बताउनु भयो । 


बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here