रोनाल्डो बने ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी, पोर्चुगल विजयी


२१ भाद्र २०८१, शुक्रबार ११:०८ मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। नेशनल लिग फुटबलमा विजयी सुरुवात गर्ने क्रममा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गर्दा रोनाल्डोले टिमका लागि निर्णायक गोल गरेका थिए।

३९ वर्षीय रोनाल्डोले सिक्सयार्ड बक्सबाट ३४ औं मिनेटमा नुनो मेन्डेसको क्रसलाई सदुपयोग गर्दै टिमको दोस्रो गोल गरे। त्यसअघि म्यानचेस्टर युनाइटेडका ‘फुल ब्याक’ डियोगो डलोटले टिमका लागि पहिलो गोल गरेका थिए। उनले ७ औं मिनेटमै गोल गर्दे टिमलाई अग्रता दिलाए।

रोनाल्डोले अग्रता दोब्बर बनाउँदा पहिलो हाफमै आत्माघाती गोलमार्फत क्रोएसियाले खेलमा फर्किएने प्रयास गरेको थियो। डलोटलेनै ४१ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा पहिलो हाफमा खेल २-१ को अवस्थामा पुग्यो।

तर रोनाल्डोको गोलनै टिमका लागि निर्णायक सावित भयो। दोस्रो हाफमा दुवै तर्फबाटबा थप गोल हुन सकेनन्। रोनाल्डोले आफ्नो उच्च करिअरमा स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अहिले साउदी अरेबियन क्लब अल-नासर बाट ब्यबसायिक फुटबल खेलिरहेका छन्।

रोनाल्डोको यो पोर्चुगलका लागि भने १ सय ३१ गोल हो। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता समेत हुन्। जितसँगै ‘ए’ को समूह एक मा पोर्चुगलले पोल्यान्ड समान अंक बनाएको छ। पोल्यान्डले पनि आफनो समूहमा स्कटल्यान्डलाई हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here