टर्की प्रहरीद्वारा लागुऔषध तस्करीको आरोपमा २२७ जना संदिग्ध पक्राउ


२० भाद्र २०८१, बिहीबार १६:५३ मा प्रकाशित


टर्की प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा २२७ संदिग्धलाई पक्राउ गरेको छ । ४७० किलोग्रामभन्दा बढी लागुऔषध बरामद गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनु भयो । प्रहरीले ४२ प्रान्तमा एकैसाथ कारबाही गरी ४७९ केजी लागुऔषध र १ लाख ६० हजार ९६७ चक्की बरामद गरेको येरलिकायाले बताउनु भयो ।

यर्लिकायाकाअनुसार ‘नार्कोसेलिक–३७’ नाम दिइएको उक्त अभियानमा सात प्रहरी टोली, १ हजार ४१८ कर्मचारी, १२ हवाई सवारी साधन र ३७ वटा लागुऔषध डिटेक्टर कुकुरले भाग लिएका थिए । टर्किएले सन् २०२३ देखि लागुऔषधको तस्करीविरुद्धको आफ्नो क्र्याकडाउनलाई तिब्र पारेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here