प्रधानमन्त्री ओलीको आग्रहः सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्


८ भाद्र २०८१, शनिबार १५:३८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गर्नुभएको छ । शनिवार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउनु भयो । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उहाँले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताउनु भयो ।

आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरुका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here