काँग्रेस केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने


२४ श्रावण २०८१, बिहीबार १८:४९ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ । बुधवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो ।

बिहीवारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रश्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रिय समितिका सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको बताउनु भयो । 

प्रवक्ता महतले प्रदेश प्रमुखहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गर्नुभएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here