जहाज दुर्घटनाबाट यात्रुहरुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रश्ताव पारित


९ श्रावण २०८१, बुधबार १३:५३ मा प्रकाशित

काठमाडौं । संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रश्ताव पारित गरेको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभूवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरुको निधन भएको भन्दै शोक प्रश्ताव पारित गरेको हो ।

बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरुको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेहरुको सु–स्वास्थ्यको कामना समेत गरेको छ ।

बैठकमा बोल्दै सांसदहरुले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरुको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here