संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चौरसिया


१ श्रावण २०८१, मंगलवार १६:०७ मा प्रकाशित

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौरसियाले सत्तारुढ नेपाली काँग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमती भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरुको दायित्व भएको बताउनु भयो ।

उहाँले विगत ८/१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताउनु भयो । संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाई थियो । 

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अफ्ठ्यारा हटाउनका लागि कानूनीमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले न्यायालयलाई आफूले सदैव सहयोग गर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here