बारामा बस दुर्घटना हुँदा १७ जना घाइते


१ श्रावण २०८१, मंगलवार १५:३५ मा प्रकाशित

वीरगञ्ज – वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा मंगलबार बिहान भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन्।

उपमहानगरपालिका–२३ भलुहीमा भैरहवादेखि वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको तथा अन्यको अवस्था समान्य रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेहरुको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको उनले बताए। बसका चालक चितवन, राप्ती नगरपालिका–६ भण्डाराका ३० वर्षीय सागर न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here