टिकटकमा भुल्ने कर्मचारीको तलब काटिने !


२ श्रावण २०७६, बिहीबार १२:४६ मा प्रकाशित

भारत । सूचना प्रविधिको विकाससँगै यसको दुरुपयोगबाट हुने विभिन्न समाचारहरु सार्वजनिक भइरहन्छन् । पछिल्लो समय निकै चलेको टिकटकका विषयमा पनि अनेक समाचार बन्ने गरेका छ ।

कहिले टिकटकबाट मोडल बनेको, कहिले टिकटककै कारण हराएको मानिस भेटिएको समाचार यसअघि नै सार्वजनिक भएका छन् । अहिले पुनः यस्तै अनौठो खबर सार्वजनिक भएको छ । जसले अब तपाईं अफिसमा टिकटकको प्रयोग नगर्ने प्रण गर्नुहुनेछ । घटना भारतको हो । तेलंगानाको खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएको र अरु सोसल मिडिया एप चलाएर समय बिताएको आरोपमा तलब कटौती गर्ने तथा सरुवा गरेर कारबाही गरेको छ ।

निगम प्रमुखले करारमा भर्ना गरिएका ११ जना कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश दिएका हुन् । यस्तो कारवाही भोग्ने कर्मचारीमा महिला र पुरुष दुवै छन् । उनीहरुलाई कार्यालय समयमा सोसल मिडियामा च्याट गरिरहेको तथा टिकटकमा भिडियो रेकर्ड गरिरहेको बेला पटक पटक फेला पारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here