१२० किलो गाँजासहित ४ जना पक्राउ


२ श्रावण २०७६, बिहीबार १२:३४ मा प्रकाशित

वीरगन्ज । पर्सा प्रहरीले १ सय २० किलो लागू पदार्थ गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–२८ बगही क्षेत्रमा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको टोलीले १ सय २० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेट बीआर–०१–डीबी ००३ को कारबाट १ सय २० किलो गाँजा बरामद भएको प्रहरी उपरीक्षक राठौरले जनाए । राठौरका अनुसार कारको डिग्गीमा राखेर सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो ।

प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको कारका अतिरिक्त ना २४ प ८७६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । गाँजासहित पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी–१७ घर भएका २१ वर्षी रमेश लामिछाने (कार चालक), पर्साको पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षी प्रेम दास (मोटरसाइकल चालक) पर्साकै सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षी राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका–१७ का २० वर्षी डम्म्ममणि घिमिरे छन् ।

गाँजासहित पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here