बजेटमा अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न सकिएनः प्रधानमन्त्री दाहाल


७ असार २०८१, बिहीबार १३:२१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदको काम, कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताउनुभएको हो ।

उहाँले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरे अनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताउनु भयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोशिस गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here