गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग


७ असार २०८१, बिहीबार १३:१७ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिनुभयो ।

ओलीले आवेगले प्रश्न उठाएको भन्दै उहाँले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here