झापाको सदरमुकाममा २४ घण्टा भन्दा बढी समयदेखि छैन विजुली


६ असार २०८१, बुधबार ०९:११ मा प्रकाशित

झापा । झापाको सदरमुकाममा विद्युत आपूर्ति बन्द भएको २४ घण्टा बित्दा पनि विद्युत चालु हुन सकेको छैन।

नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको २४ घण्टाभन्दा बढी भएको हो।

सोमबार राति अविरल वर्षासँगै परेको चट्याङले अनारमनी सबस्टेशनबाट विद्युत प्रसारण हुने ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् सेवा अवरुद्ध भएको हो।

बिर्तामोडदेखि भद्रपुर आउने ३३ केभी प्रसारण लाइनमा चट्याङले विभिन्न स्थानमा क्षति पुर्याएको भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here