सरकारले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्छः नेपाली काँग्रेस


४ असार २०८१, सोमबार १५:२६ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 

संसद सचिवालयका कर्मचारीहरुले बैठक भत्ता लगायतका सेवा, सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरिरहेका बेला नेपाली कांग्रेसले उनीहरुको सो माग न्यायसम्मत भएको निष्कर्ष निकाल्दै उनीहरुको माग तत्काल सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

सोमवार सिंहदरबार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्नेबारे दलहरुसँग छलफल गरेका थिए ।  

सोही बैठकमार्फत संसद सचिवालयका कर्मचारीहरुले राखेको बैठक भत्ता लगायतको काम उचित, जायज र न्यायसम्मत भएकाले माग तत्काल सम्बोधन हुनेगरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई अनुरोध गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको पनि स्पष्ट पारे ।  त्यसैगरी प्रमुख सचेतक लेखकले संसदका लागि आवश्यक बजेटको तत्काल निकासा गर्न पनि सरकारलाई सचेत गराए । 

बैठकमा सबै राजनीतिक दलहरुले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन हुनेगरी सरकारले तत्काल बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here