वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छः सम्मानित नेता खनाल


४ असार २०८१, सोमबार १३:५६ मा प्रकाशित

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतीमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । 

सोमवार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले पार्टीको आगामी महाधिवेशनबाट सहमतीमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताए । 

उनले भने, नेतृत्व निर्माण गर्ने भनेको कमरेडहरुले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाई हामी जुटेका छौँ । त्यसका लागि हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ ।

सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरु रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here