सरकारको सय दिनप्रति एमालेको टिप्पणीः नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन


३० जेष्ठ २०८१, बुधबार १८:२८ मा प्रकाशित

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको हो । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको सय दिनको कसरी मुल्यांकन गर्नु भएको छ ? भनि प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताउनु भयो ।

नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठूलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउनु भयो ।

सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उहाँले सिमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here