नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता


२९ जेष्ठ २०८१, मंगलवार १७:४८ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ ।काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिवद्धता जनाउनु भयो ।

राजनीतिक नेतृत्व स्पष्ट रहेको बताउनु भयो । उहाँले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने बताउनु भयो ।

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारमा रहेका दल र विज्ञहरु राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रश्तुत गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here