भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स शुरु


२९ जेष्ठ २०८१, मंगलवार १७:४३ मा प्रकाशित

भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुरु भएको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा मंगलवारबाट शुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो ।

यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउनेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिँदै शक्तिवद्र्धक प्रतिवन्धित औषधिको प्रयोगलले खेलाडीको जीवनमा प्रतिकुल प्रभाव पार्ने बताउनु भयो ।

आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढी भन्दा बढी सिक्ने अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम पाँच दिनसम्म चल्नेछ । कार्यक्रकमा कोर्स निर्देशकको भुमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयाानिक रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here