अघिल्लो बर्षको तुलनामा बिर्तामोड नगरपालिकाको बेरुजु रकम घट्यो


२५ जेष्ठ २०८१, शुक्रबार २०:५४ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ ।

महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ ।

यो आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।

२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थीक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिए ।

बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु , प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु पर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् ।

अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै लगिएको र यसलाई शुन्यमा झार्ने रणनीतिका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here